Indrenionline.com

सर्पले टोकेर बालकको मृत्यु

रुपन्देही, २० असार । रुपन्देहीमा सर्पले टोकेर एक बालकको ज्यान गएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका ६ बस्ने १२ वर्षीय इमरान धोबी मुसलमानको सर्पले टोकेर ज्यान गएको हो । सुतेका इमरानलाई राति उठेर खुट्टा भुईँमा राख्दा खाटमुनी रहेको गोमन सर्पले टोकेको थियो ।

सर्पले टोकेपछि घाइते भएका इमरानलाई उपचारको लागि भैरहवा ल्याउने क्रममा बाटोमा ज्यान गएको हो ।