काठमाडौं, २० असार । सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरिएको छ ।
विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको आजको नागरिक दैनिकमा खबर छ ।