काठमाडौं, २० असार । गएको दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएका छन् ।
चितवनमा नहरमा डुबेर १ जनाको ज्यान गएको छ । पर्सामा खोला तर्ने क्रममा बगाएर २ जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । काठमाडौमा खोला तर्ने क्रममा १ जनाको ज्यान गएको छ । सर्लाहीमा खोलाले बगाएर २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।
यसैगरी तनहुँमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । यस्तै, सिरहामा पानीकोे खाल्डोमा डुबेर १ जनाको ज्यान गएको छ । दाङमा खोला तर्ने क्रममा १ जनाको ज्यान गएको छ ।
मकवानपुरमा घरमाथिको ढिस्को खसेर पुर्दा २ जनाको ज्यान गएको छ । तनहुँमा वर्षाका कारण सालको रुख ढलेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । महोत्तरीमा वर्षाले डुबान भएपछि सर्पले टोकर १ जनाको ज्यान गएको छ ।