काठमाडौं, १९ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सहित नौ विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्ताल फिर्ता भएको छ ।
बिभिन्न शैक्षिक मुद्दाहरु अघि सार्दै उनीहरुल देशव्यापी शैक्षिक संस्था बन्द आह्वान गरेका थिए । निजी विद्यालयहरुले बढाएको शुल्क एक महिनाभित्र फिर्ता वा समायोजन गर्न लगाउने लगाएत सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।