Indrenionline.com

४ नम्बर प्रदेशको स्थायी राजधानी पोखरा

पोखरा, १९ असार । प्रदेश नं.४ को स्थायी राजधानी पोखरा हुने भएको छ । सोमवार प्रदेश सभाको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेको हो ।

k|b]z g+ $ sf] oxL df3 @@ ut] x'g] klxnf] k|b]z;ef a}7snfO{ nlIft ub}{ tof/ ul/Psf] a}7s ejg . tl:j/M jf;'b]j kf}8]n, kf]v/f, /f;;
बैठकमा स्थायी राजधानीको विषयमा भएको छलफलमा अधिकांश सांसदले प्रस्तावको समर्थन गरेका थिए । यसअघि अस्थायी राजधानी पनि पोखरा नै तोकिएको थियो ।

प्रदेशको स्थायी राजधानी तोकिए पनि नामका विषयमा भने टुङ्गो लागिसकेको छैन । प्रदेशको नामको विषयमा भने आज मंगलवार र बुधवार संसद बैठकमा छलफल हुने छ ।