Indrenionline.com

गाडीको ठक्करबाट एक जनाको मृत्यु एक गम्भीर घाइते

सल्यान, १९ असार । सल्यानमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप गाडीले कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति अन्दाजी १० बजेको समयमा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीठक्कर दिएको थियो ।

गाठीको ठक्करबाट डाँगको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।