Indrenionline.com

नेपागञ्ज जलमगन, वाढीमा दुई जना वेपत्ता

बाँके, १८ असार । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नेपागञ्ज क्षेत्रका विभिन्न ठाउँमा ढुवान भएको छ । बजारूभाग ढुवानमा परेका छन् । बजार क्षेत्र जलमगन भएपछि आवगमन समस्या आएको छ । सर्वसाधारणलाई बजार किनमेलमा समेत समस्या भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

यसैगरी जेठी नालामा भिषण बाढी आएको छ । सोमबार बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बनकटजास्थित जेठी खोला तर्ने क्रममा बगाएको कोहलपर प्रहरीले जनाएको छ ।