रोल्पा, १८ असार । दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ ।
आज बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिदा १८ दिनको शिशु र १५ वर्षीया छिमेकी चित्राको घटना स्थलमै ज्यान प्रहरीले जनाएको छ । सुत्केरी कमलाको भने उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ज्यान गएको हो ।