Indrenionline.com

जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

झापा, १५ असार । झापामा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी भएका छन् ।

जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा मेचीनगर –१४, दुवागडीका प्रेम किशान दर्र्जी, उनकी पत्नी सुशीला दर्जी, उनका दुई छोराहरुसहित ज्वाइँ प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिरामी परेका सबैको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।