मलेसिया, १३ असार । मलेसियामा सुरक्षागार्डका रुपमा काम गर्दै आएका एक नेपाली ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीको सुतेकै ठाउँमा ज्यान गएको हो ।
होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन् । भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिए ।