काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन् ।
गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु¥याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजनामार्फत काम गरिरहेको उल्लेख गरे। “देशका भविश्यका कर्णधार मानिने किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुव्र्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको छ”, उउनले भने ।
विश्वव्यापीरुपमा भइरहेको लागुऔषधसम्बन्धी समस्याबाट नेपाल पनि प्रभावित रहेको भन्दै उनले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्छ भने।
लागुऔषध दुव्र्यसनीलाई रोकथाम गर्न नागरिकस्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रासस