काठमाडौं, १२ असार । नर्स भन्नासाथ धेरैले सम्झन्छन्, यो महिलाको पेशा हो । यस्तो सम्झनु स्वाभाविक पनि छ, किनभने सबैजसो अस्पतालमा नर्सहरू महिला नै हुन्छन् ।
नर्सिङ सेवालाई प्रभावकारी, व्यवस्थित एवं वैज्ञानिक ढंगले संचालन गर्न पुरुषहरूलाई पनि सामेल गराउनु पर्ने खाँचो देखिएपछि प्रक्रिया अघि बढाइएको नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन् । पोखरेलका अनुसार पुरुषहरूलाई पनि अनमी सहायक स्वास्थ्य परिचारिका०, पीसीएल नर्र्सिङ र बीएस्सी नर्सिङमा भर्ना लिन सकिने गरी प्रक्रिया अघि बढाउन लागिएको छ ।
अन्नपूर्ण पोष्टमा अबर छ-यसै शैक्षिक सत्रदेखि पुरुषहरूले पनि नर्सिङमा भर्ना हुन पाउने छन् । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७४÷०७५ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई भर्ना गराउने निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम० लगायतका निकायहरूमा पत्राचार गर्ने तयारी गरेको परिषद् सदस्य समेत रहेकी नर्सिङ संघकी अध्यक्ष पोखरेलले बताइन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन प्राध्यापक डा। जगदीशचन्द्र अग्रवाल बाहिरी मुलुकमा पुरुष नर्सहरू भएको उल्लेख गर्दै नेपालमा पनि आवश्यक भएको बताए । उनले भने, ‘पुरुष नर्सको माग स्वदेश तथा विदेशमा बढेको छ ।’ नर्सिङ परिषद्ले गरेको निर्णय प्राप्त भएपछि अगाडिका प्रक्रियाहरू बढाइने उनले बताए ।