भक्तपुर, ७ असार । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताएका छन् ।
कर्मचारीमा अझै पनि पञ्चायतकालीन मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गरेर सूचना आयुक्त राख्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले सूचनाको हकका बारेमा आम नागरिकलाई जानकारी गराउन र सबै कार्यालयबाट सहजरुपमा सूचना उपलब्ध गराउने वातावराण मिलाउन सुझाव दिए । रासस