Indrenionline.com

जग्गा विवादमा दाइले गरे भाइको हत्या

रुकुम, ७ असार। रुकुम एकजनाले आफ्नै भाइको हत्या गरेका छन् ।

जग्गा विवादलाई लिएर रुकुम पश्चिमआठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी सामान्य विवादमा रुद्रबहादुरले खुकुरी प्रहार गरी भाइ जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

भाइको हत्यापछि रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पठाइएको छ ।