केशरमान बुढाथोकी
दाङ ,६ असार । दाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका संघीय संसदका सभामुख कृष्णबहादुर महरा मंगलबार एक्कासी दाङ आइपुगेका छन । दाङको जनप्रतिनिधिको रुपमा चुनावी जितिसकेपछी समग्र दाङको बिकासका लागि गर्न सकिने बिकास निर्माण तथा राष्ट्रिय गौरवका ठुला परियोजनाको ठोस आवश्यकताको आँकलन गर्ने र स्थानिय जनप्रतिनिधिहरु संग भेटघाट गरेर स्थानीय स्तरका वास्तविक समस्या बुझेर स्वही अनुरुप बजेट कार्यान्वयन गर्न संबंधित निकायलाई निर्देशन दिने उद्देश्यले सभामुख महरा दाङ आएका हुन ।
आफुले निर्वाचन जितेको क्षेत्र मात्र नभएर समग्र दाङको बिकास कसरी गर्न सकिन्छ भन्ने बारेमा महराले आज स्थानीय जनप्रतिनिधि संग घोराही छलफल गर्नेछन । संघीय संसदको महत्त्वपूर्ण काम सकेर केही दिन फुर्सद हुन बित्तिकै प्रत्येक महिना दाङ झर्ने गरेका सभामुख महराले स्थानीय जनप्रतिनिधिका अतिरिक्त दाङमा केही मतदाताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको सभामुख महराको सचिवालयले जनाएको छ ।
