बेइजिङ, ६ असार । नेपाल र चीनका व्यवसायीबीच व्यापारिक सम्झौतामा हस्ताक्षर भएको छ । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा बुधबार बेइजिङस्थित नेपाली दूताबासमा सो सम्झौतामा हस्ताक्षर गरिएको हो ।
स्थानीय समय अनुसार उनी मंगलबार अपराह्न ५ः१५ बजे बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओलीलाई चिनियाँ सहायक विदेशमन्त्री चाङ हानहुईले स्वागत गरेका थिए । नयाँ पत्रिकाबाट