काठमाडौं, ५ असार। मंगलवार निधन भएका वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ ।
डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल जानुभई उनकी धर्मपत्नी डा मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिएकी छन् ।