Indrenionline.com

यति एयरको जहाज घाँसे मैदानमा जोतियो

पोखरा, ३ असार। यति एरलाईन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

आइतवार काठमाडौंबाट ३० जना यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो पौने ३ बजे अवतरणको क्रममा पोखरा विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो ।

विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा करिब १५ मिटर वाहिर घाँसे मैदानमा जोतिएको थियो । विमान धावनमार्गबाट वाहिर चिप्लिए पनि यात्रुहरु भने सकुशल रहेको पोखरा विमानस्थल प्राधिकरणले जनाएको छ ।