इन्द्रेणी संवाददाता
तुलसीपुर १६ असार । डेढ बर्ष देखी नेपाल संस्कृत बिश्व बिद्यालय केन्द्रिय कार्यालय बिजौरी लागाईएका सबै ताला बुधबार खुलेका छन् । बिभिन्न बिद्यार्थी तथा कर्मचारी संगठनले लगाएका ताला बुधबार दिउसो १ बजेतिर सांसदहरुले फोडेका हुन् । बिगत १८ महिना देखी केन्द्रिय कार्यालयमा लागेका ताला बुधबार फोडिएको हो ।
ताला फोड्न नेपाली काँग्रेस र नेकपा एमालेका सांसद तथा नेताहरुको सहभागीता थियो । काँग्रेस जिल्ला सभापति कीर्तिबहादुर खड्का, सांसद डिल्लीबहादुर चौधरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, बिजौरी इकाई सभापति हिमवहादुर डाँगी पुगेका थिए । त्यसैगरी नेकपा एमालेको तर्फवाट सांसद एवं पोलिट व्यूरो सदस्य भागवत विश्वासी , जिल्ला कार्यवहाक अध्यक्ष जोगवहादुर राना लगताएका नेता कार्यकर्ता पुगेको टोलि ताला फोड्ने कार्यक्रममा सहभागी भएको थियो । बिगत लामो समय देखी बिद्यालयमा ताला लाग्दा पढाई प्रभाबित हुदै आएको छ ।।