Indrenionline.com

विप्लव माओवादीद्धारा ९९ रोपनी जग्गा कब्जा

रामेछाप, २९ जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रामेछापमा ९९ रोपनी जग्गा कब्जा गरेको छ ।

जिल्ला जनपरिषद् रामेछाप’को नामबाट जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीका विभिन्न व्यक्तिको ९९ रोपनी जग्गा कब्जा गरेको हो । नेकपाले ‘नेकपा (माओवादी)’ नामको ब्यानर टाँगेर जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

दोरम्बा गाउँपालिका–२ का चण्डिलाल तामाङ, खाँडादेवी गाउँपालिका–१ का मानबहादुर तामाङ, सिंहबहादुर लामा, गणेशबहादुर तामाङ, खाँडादेवी गाउँपालिका–२ का तेजबहादुर तामाङ र रोजबहादुर तामाङको जग्गा नेकपाले कब्जा गरेको हो । २०३९ सालमा जग्गा नापीका क्रममा मालपोतका कर्मचारीलाई घुस खुवाई सर्वसाधारणको जग्गा कब्जा गरिएको नेकपाले जनाएको छ ।