इन्द्रेणी संवाददाता
तुलसीपुर ,१५ असार । सामजिक सेवामा अग्रनि भूमिका निर्वाह गर्दै आईरहेको रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा तुलसीपुरका यूवा व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विर वहादुर रावत निर्वाचित भएका छन् । वुधवार तुलसीपुरमा आयोजित भेलावाट सर्वसम्वत रुपमा रावत लाई वर्ष २०१६/०१७ का लागि अध्यक्षमा चयन गरेको हो ।
सन २००७ मा तुलसीपुरमा स्थापना भएको क्लवले स्वास्थ्य, शिक्षा लगायत असक्त तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ । त्यस्तै क्लवले वाडीपिडित, भुकम्प पिडित, अग्नी पिडितहरुलाई समेत तत्काल राहत प्रदान गरेको थियो ।
भेलाले क्लवको भावि अध्यक्षमा तुफान वावु श्रेष्ठ, नोमिनिमा राजेन्द्र प्रसाद श्रेष्ठ, महासचिवमा यज्ञ वहादुर के।सी।, उपाध्यक्षहरुमा सुरेश हमाल, देव वहादुर केसी , सचिवमा विनिल केसी कोषाध्यक्षमा हेमन्त डांगीलाई चयन गरेको छ । त्यस्तै क्लवको डाईरेक्टरहरुमा ।टेकन प्रसाद वस्नेत –हिमाल), शिव प्रसाद श्रेष्ठ, इन्जिनियर पवन योगी, उमेश चन्द्र मजगैया सर्वसम्मत चयन भएका छन ।
यसै विच क्लवले एक कार्यक्रमको अयोजना गरी पद हस्तान्त्रण एवं चाटरनाईट कार्यक्रमको आयोजना गरेको छ । क्लवका अध्यक्ष ललित वहादुर घर्तिको अध्यक्षता एवं रोटरी डिष्ट्रिक ३२९२ जोन १८ का असीस्टेन गर्भनर कुशल तर्तालको विशेष उपस्थितीमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष राज कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु अनुप कुमार श्रेष्ठ, विमल रिजाल, विजय के।सी।लगायतले रोटरी क्लवले समुदायमुखि सेवा प्रवाह गर्नु पर्ने भन्दै जति सक्यो ग्रामिण तहमा अभियान चलाउनु पर्ने बताए । कार्यक्रममा विभिन्न सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो । यता रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लव तुलसीपुुरले ग्वार खोला र एरपोर्ट नजिकै स्वागत वोर्ड स्थापना गरेको छ ।
यस्तै रोट्रयाक्ट क्लव तुलसीपुुरले पद हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ ।क्लवका अध्यक्ष देवेन्द्र के।सी।को अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सन्दिपन रिजाललाई पद हस्तान्त्रण गरिएको महासचिव विनय के।सी।ले जानकारी दिए । क्लवको भावि अध्यक्षमा सचिन पौडेल, उपाध्यक्षमा रुपेश शर्मा, कोषाध्यक्षमा हेमेन्द्र खड्का , सह सचिव पदमा प्रमिश लामिछाने लगायत सर्वसम्मत रुपमा चयन भएका छन ।