काठमाडौं, २७ जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको लकरमा पेस्तोल फेला परेको छ । अस्पतालको रेडियोलोजी शाखाको लकरमा एकथान पेस्तोल फेला परेको हो।
अस्पताल प्रशासनमा काम गर्ने कर्मचारीले लकरमा पेस्तोल र गोली फेला परेका थिए । लकर लामो समयदेखि प्रयोगमा नआएको पनि बताइएको नेपाल खबरमा समाचार छ ।