काठमाडौँ, २७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाएका हुन् ।
त्यस्तै, बैठकको विशेष समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्नेछ । रासस