काठमाडौँ, २७ जेठ । चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदैछ । नियमावली पारितका लागि आज आइतबार बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ ।
सङ्घीय संसद्को अधिवेशन सुरु भएको तीन महिनापछि शुक्रबार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भएको थियो । प्रतिनिधिसभाको नियमावली पारितसँगै आइतबार राष्ट्रियसभातर्फको नियमावली पारित हुन लागेको हो । राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन नै अन्तिम नियमावलीको रुपमा पारित हुन लागेको हो ।