दाङ, २५ जेठ । पश्चिम दाङको बबई गाउँपालिकाको विकट गाउँमा दुईजना औलो रोगका बिरामी फेला परेका छन् ।
उनका अनुसार परीक्षणका क्रममा बबई गाउँपालिका–७ मलैलाका बलबहादुर बुढा र उहाँकी छोरी कमला बुढामा औलो रोग भेटिएको हो । सो क्षेत्रबाट ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण भएका बिरामी भेटिएपछि सो क्षेत्रमा विशेषज्ञसहितको टोली र हिजो उपचारका लागि त्यहाँ पुगेको हो ।
५८ जनाको स्वास्थ्य परीक्षण गरेपछि दुईजनामा औलो रोग भेटिएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । मलै गाउँ पश्चिम दाङको निकै विकट क्षेत्र मानिन्छ । त्यहाँका नागरिक, स्वास्थ्य विकासका अन्य पूर्वधारबाट वञ्चित छन् । रासस