Indrenionline.com

दाङमा बस दुर्घटना हुँदा एकजनाको ज्यान गयो

तस्वीर : सन्तोष गुप्ताको फेसबुकबाट

दाङ, २५ जेठ | जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । रासस