इन्द्रेणी संवाददाता
हेकुली गाबिस स्तरीय बाल सञ्जालले बाल बिबाह न्युनिकरणका लागि अभियान चलाउने भएका छन् । अभियान सफल पार्न उनीहरुले राजनीतिक दल,बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको साथ लिने समेत बताएका छन् । बाल बिबाह प्रतिको आर्कषणको अन्त्य गर्न अभियान सञ्चालन गर्नु परेको सञ्जालका उपाध्यक्ष लक्ष्मी न्यौपानेले जानकारी दिईन् । बाल सञ्जालको यो अभियानलाई सफल पार्न उनीहरुले राजनीतिक दललाई समेत ऐक्यबद्धता जनाउन माग गरेका छन् ।
बाल सञ्जाल हेकुलीका उपाध्यक्ष लक्ष्मी न्यौपानेको अध्यक्षता एबम हेकुली गाबिस प्रतिनीधि सीता लामिछानेको प्रमुख आतिथ्यमा आयोजीत समापन कार्यक्रमको सञ्चालन सामाजीक परिचालक पारस चौधरीले गरेका थिए । तालिमको प्रशिक्षकमा पत्रकार सुशील बस्नेत रहेका थिए ।