Indrenionline.com

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २४ जेठ । निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गरेका हुन् ।

पार्टी दर्ता भएको प्रमाणपत्र लिएपछि पार्टी नेता सुवास नेम्वाङले नागरिकबीच गरिएको प्रतिबद्धताअनुसार दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेकपा दर्ता गरेको र त्यसको प्रमाणपत्र लिएको जानकारी दिए ।