Indrenionline.com

सर्पले डसेर वडाध्यक्षको ज्यान गयो

मोरङ, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नं. २ का वडाध्यक्षको बुधबार राति सर्पले डसेर ज्यान गएको छ।

राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।