घोराही, १९ जेठ । हरप्लेस दाङको आयोजनामा घोराही नगरका युवाहरुको लागि द्धन्द समाधान र शान्ति निर्माण सम्वन्धी तीन दिने नगर स्तरिय तालिम आज समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेको कुरालाई व्यवहारमा लागुगर्न सकेमात्र तालिम लिएको उपलब्धी हुने बताएकाथिए । कार्यक्रममा द्धन्द विना विकास असम्भ रहेकाले सकारात्मक द्धन्द अति आवश्यक रहेको बक्ताहरुले बताएकाथिए ।
युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र गाउँघरको द्धन्दलाई समाधन गर्नमा केहि सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको थियो । सोमवार देखि सुरुभएको तालिममा घोराही नगरपालिकाका ११ वडाबाट २२ जना युवाहरुको सहभागिता रहेकोथियो । तालिमको परामर्शदातामा कुलबीर चौधरी, सुवोध रेग्मी, विनोद केसी, सुनिता विएम र सन्तोष दहितरहुनुभएकोथियो ।