Indrenionline.com

विवेकशीलका जिल्ला अध्यक्षसहित नेकपामा प्रवेश

काठमाडौं, २२ जेठ । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेसहितको समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो । अध्यक्ष पाण्डे जनयुद्ध कालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुन् ।