काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् ।
उनले प्रारम्भिक बालविकासका सरोकार भएकाबीच प्रारम्भिक बालविकाससम्बन्धी अभ्यासको समीक्षा गर्ने, प्रारम्भिक बालविकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा सम्बन्धलाई सबल बनाउने र प्रारम्भिक बालविकास क्षेत्रमा भएका प्रगति र अभ्यासलाई प्रस्तुत गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान तथा प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीति बारे छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । रासस