बझाङ, २२ जेठ । श्रीमतीका गहना धरौटी राखेर सडक बनाए बन्दा जोकसैलाई पत्यार नलाग्न सक्छ तर बझाङको तलकोट गाउँपालिकाका स्थानीयहरुले यस्तै गरेका छन् ।
शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी रजवार नारायण सिंहको नेतृत्वमा निर्माण कार्य शुरु गरिएको स्थानीयको भनाइ छ ।
कुनै दिनमा चैनपुरबाट भारी बोकेर दैनिकी चलाइ राख्न एकदमै गाह्रो हुन्थ्यो । अहिले सडक आउँदा गाउँका सर्वसाधारण गरीब जनताले घरमै सस्तो मूल्यमा चामल पाएर केही राहत भएको बताए ।
“सडक निर्माण गर्दा धेरै दुःख पायाँ, जस्मा सात तोला सुन बैंकमा राखी डोजरको सम्झौता गरेका थियाँ। अहिले विभिन्न निकायबाट करीब रु २९ लाख समितिमा आएको छ । यसमध्ये डोजर मालिकलाई दिनुपर्नेलगायत साहुबाट रु तीनका दरले ब्याजमा ऋण निकालेर अहिले रु ३४ लाखको भर्पाइ बनाइएको छ,” रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण समितिका सचिब रघुवीर सिंहले बताए ।