स्याङजा, २१ जेठ । स्याङ्जाको चापाकोट नगरपालिका ७ गंगालाल माविका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।
आरोपित शिक्षक आचार्य अहिले फरार रहेको प्रहरीले जनाएको छ । पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् । नयाँ पत्रिकामा खबर छ चैत र बैशाखमा भएको पटक पटकको घटना पनि घर परिवारबाटै लुकाइएको कारण भने बाहिर आएको थिएन । शिक्षक आचार्य घटना बाहिर आउने प्रकृयासंगै फरार छन् ।
आचार्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कानुन अनुसार १०बर्ष देखी १४ वर्ष सम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने व्यवस्था छ ।