पोखरा, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभएको बताएका छन् । उनले यो एकता देशको आर्थिक समृद्धिका लागि भएको स्पष्ट पारे।
अध्यक्षले देश भित्रका र बाहिरका प्रतिक्रियावादीहरु पार्टी एकीकरण हुनेमा विश्वास नभएको बताउनुहुँदै पार्टी एकताले उनीहरु आश्चर्यमा परेको बताए । अध्यक्षले भने, ‘हामीले पार्टी एकता नभनेको दिनमा गर्छौ भनेका थियौं त्यही नै गर्यौं । दिन तोकेर एकता गर्ने भनेका थियौँ भने प्रतिक्रियावादीले पार्टी एकता हुन दिने थिएनन् ।’