Indrenionline.com

पूर्वगृहमन्त्री शाही अब रहेनन्

काठमाडौँ, २० जेठ । पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उनी करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत थिए ।

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गरेका थिए र शाहीका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् ।