लहान, १७ जेठ । सिरहाको कल्याणपुर नगरपालिका–६, भोक्राहामा विषालु सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ ।
विषालु सर्पको टोकाइबाट सिकिस्त भएकी अमिदालाई उपचारका लागि अस्पताल लैजान खोजिए पनि तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा उपचारको अभावमा मृत्यु भएको वडाध्यक्ष राइनले बताए ।
