तेह्रथुम, १४ जेठ । १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ ।
उनलाई आफ्नै घरमा बस्ने नातेदार १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा गत वर्षको जेठमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो । अदालतले उनलाई जबर्जस्ती करणी अपराधमा छ वर्ष कैद र हाडनाता करणीमा थप एक वर्ष कैद गरी जम्मा सात वर्ष कैद र ९० हजार क्षतिपूर्ति तोकेको हो ।