काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो जलपान समारोहको आयोजना गरिने भएको छ ।
यसैगरी, समारोहमा पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक अंगका प्रमुखसहित विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, कानुन व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहने छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार, राष्ट्रपतिले अघिल्ला वर्षहरूमा पनि गणतन्त्र दिवसको अवसरमा जलपान समारोहको आयोजना गर्ने गर्नुभएको जानकारी दिए ।
नेपाल सरकारले ११ औं गणतन्त्र दिवसलाई तीन दिनसम्म भव्यरूपमा विभिन्न कार्यक्रमका साथ देशका सातै प्रदेश र ७५३ वटै स्थानीय तहमा विविध कार्यक्रमका साथ जनस्तरसम्म मनाउन निर्देशन दिइसकेको छ ।