Indrenionline.com

गणतन्त्र दिवसमा ढुंगेलसहित ८५० लाई आम माफी दिने तयारी

काठमाडौं, १० जेठ । कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाग भोगिरहेका बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिने तयारी गरिएको छ । गणतन्त्र दिवसमा थुनामुक्त गर्ने कारागार व्यवस्था विभागले गृह मन्त्रालयमा यस्तो सिफारिस गरेको हो ।

विभागका महानिर्देशक हरिप्रसाद मैनालीले कार्यविधि अनुसार करिब ८५० कैदीलाई छाड्न सिफारिस गरिएको बताए। ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि २०७१’ अनुसार सिफारिस गरिएको हो।

तर मैनालीले भने यसबारेमा बताउन चाहाएनन् । उनले भने, ‘करिब ८५० केदीको सजाय माफीका लागि कानुन अनुसार नै सिफारिस भएको छ, व्यक्ति विशेषको नाम याद भएन ।’ ढुंगेललाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखिएको छ ।