Indrenionline.com

बोटल र जारका पानीमा कोलिफम र इकोलीका जीवाणु

काठमाडौँ, ९ जेठ । शुद्ध पिउने पानी भनेर बिक्री गरिने बोटल तथा जारको पानीमा कोलिफम र इकोली नामक जिवाणु भेटिएको छ ।

यी जीवाणु मानव मलमुत्रमा मात्रै पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तरगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका वोटल तथा जारका पानीको नमूनाको परीक्षण गर्दा यस्तो पाइएको हो ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने वोटल र जारका पानीको नमूना परीक्षण गर्दा अधिकांशमा कोलिफम र इकोली पाइएको बताए ।

परीक्षणमा पिउने पानीमा कोलिफमको मात्रा चार भन्दामाथि पाइएको छ । महाशाखाले चालु आर्थिक वर्षमा झण्डै सात सय पानीको नमूना परीक्षण गरिएको छ ।