काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग संविधान सभा सदस्य मञ्च नेपालका पदाधिकारीहरुले भेटवार्ता गरेका छन् ।
भेटमा सभामुख महरालाई मञ्चका संयोजक पौडेलले नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संविधान सभा सदस्यहरु रहेको संविधान सभा सदस्य मञ्च नेपाल गठन गरिएको जानकारी गराएका थिए ।
अहिले संविधान सभाका बारेमा सबै जानकार छन् तर ५० वर्षपछि संविधान सभा भनेको के रहेछ भन्ने स्थिति आउँछ’ संयोजक पौडेलले भने, ‘नेपालमा संविधान कसरी बनेको थियो भन्ने इतिहास जोगाउन पनि यस्तो मञ्च आवश्यक देखियो ।’
मञ्चका लागि सिंहदरबार परिसरमा कार्यालय स्थापना गर्न कोठा र आवश्यक कर्मचारीहरु उपलब्ध गराइदिन सभामुखलाई पौडेलले आग्रह गरे ।