Indrenionline.com

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या, ग्राण्डीमा भर्ना

काठमाडौं, ७ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको कान्छो छोरा राजिव घिमिरेले जानकारी दिए । राष्ट्रकवि घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ ।

यस अघिपनि उहाँलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेलाबेलामा अस्पताल लैजाने गरिएको छोरा राजिवले बताए ।