सिन्धुली, ६ जेठ । सिन्धुलीमा एक जनाले आफूलाई रकसी खाने पैसा नदिएको झोकमा आफ्नै श्रीमतीको हत्या गरेका छन् । घ्याङलेख गाउँपालिका ३ तामाजोर लप्सेका एकिङबहादुर गोलेले आफूलाई रक्सीखानका लागि दुई सय रुपैयाँ पैसा नदिएको झोकमा श्रीमती सुपरानी गोलेको हत्या गरेका हुन् ।
बुबाले सदैव रक्सी खाएर घरयासी झगडा गर्ने गरेको गोलेकी २१ वर्षीया छोरी सरिताले बताइन्। ‘रक्सी पिएर आउँने बुबाले आमासँगको सामान्य झगडामा पन्युले प्रहार गर्नु भएको हो, त्यही बेला आमा बेहोस् हुनुभयो,’ उनले भनिन्, ‘आमाले रक्सी खान दुई सय रुपैयाँ नदिँदा रक्सीले परिवारको सारा खुसी नै लुट्यो।’ मृतक सुपरानीका दुई छोरी र एक छोरा छन्।
