रुकुम, ४ जेठ । रुकुममा वडा अध्यक्षलाई इञ्जिनियरलाई कुटेपछि तनाव भएको छ । रकम भुक्तानिको विषयलाई लिएर आठबीसकोट नगरपालिकाका एक वडाअध्यक्षले इन्जिनियरलाई कुटपिट गरेका हुन् ।
वडामा भएको रेडियो नयाँ नेपालका लागि नगरपालिकाबाट छुट्याएको २५ लाख बजेट भुक्तानिको लागि वडा अध्यक्ष चदाराले फाइल पेश गरेका थिए । ‘अनुगमन गरेर मात्र भुक्तानीको लागि सिफारीस गरौंला’ भन्ने इन्जिनियरको प्रतिक्रियामा वडाध्यक्षले कुटपिट गरेको चन्दले बताए ।
