सल्यान, २ जेठ । सल्यानमा भएको बस दुर्घटनामा ४० जना घाइते भएका छन् । शारदा नगरपालिका –१, शीतलपाटी, पटनेरमा रहेको पिपलचौतारा नजिक बुधबार बिहान पौने ११ बजे बस दुर्घटना भएको हो ।
सल्यानको खलंगाबाट श्रीनगरतर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोकिएका थिए ।
उनीहरुलाई श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर रिफर गरिएछ भने अन्य घाइतेहरुको श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भैरहेको छ ।