काठमाडौं, २ जेठ। चुनावी तालमेलदेखि सरकार गठन र पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ ६ गते एकता घोषणा गर्न सहमत भएका छन् ।
आज ४ बजे नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय विस्तारित बैठक पनि बस्दैछ । त्यस्तै एमालेले भोलि बिहान ११ बजे आकस्मिक बैठक बोलाएको छ ।