इन्द्रेणी संवाददाता
प्युठान, ३० वैशाख । महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटनामा चालक कैलालीका बीरबहादुर थारुसहित ५ जनाको ज्यान गएको छ ।
राति २ बजेर ५० मिनेटतिर बसको हेडलाइट बिग्रँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख १८७६ नम्बरको बस प्युठानको वडडाँडा नजिकै पाखुरी खोलामा खसेको थियो ।