काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भेटमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरे । विधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।