काभ्रे, २१ बैेशाख । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का पदमलाल चौलागाईसहित हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न चौलागाईकी पत्नि जमुना चौलागाई र छोरी सन्तोषी चौलागाई छन्। चौलागाईले आफ्नै बुहारी १८ वर्षीया विपना ढकाल चौलागाईलाई घरायसी झगडाको विषयमा कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।
‘प्रहरी अनुसन्धानको क्रममा चौलागाईले आफ्नै छोराबुहारीलाई मारेर सिस्नु घारीमा फालेको र पछि श्रीमती र छोरीको सहायताले बोकेर लगेर घरदेखि करीब ५०० मिटर टाढाको जंगलमा गाडिएको फेला परेको छ,’ प्रहरी प्रमुख थापाले भने, ‘तीनै जनालाई कर्तव्य ज्यान अन्तर्गतको जाहेरी परिसकेको छ, कानुनी कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ।’ मृतकको शव परीक्षणका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।रासस